नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै, हालसम्म ४ सय २ पुग्यो

काठमाडाैँ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

२४ जना पुरुष र ३ जना संक्रमित थपिएका हुन्। झापामा ९ जना, मोरङमा र सुनसरीमा एक एक जना, सर्लाहीमा २, भक्तपुरमा २, काठमाडौंमा ३ समेत रहेका छन्। अन्य ९ जना भने विभिन्न जिल्लाका छन्।

उनका अनुसार पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४सय २ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

Facebook Comments