उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

काठमाडाैँ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.