कुन-कुन जिल्लामा फैलियो कोरोना संक्रमण?(नामसहित)

काठमाडौं । ३१ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म पर्सा, कपिलवस्तु, बाँके, उदयपुर, रुपन्देही, रौतहट, काठमाडौं, धनुषा, कैलाली, बारा, चितवन, दाङ, महोत्तरी, सर्लाही, बागलुङ, झापा, भक्तपुर, बर्दिया, मोरङ, भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा संक्रमण फैलिएको छ ।

सोमबार एकैदिन ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ भने आज विहानै ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.