किन कड्किन् बलिउड नायिका अनुष्कामाथि रेखा थापा?

काठमाडौं। सफल चलचित्रकर्मीको रुपमा परिचित नायिका रेखा थापाले भारतीय हेपाहा प्रवृत्तिको विरोध जनाएकी छन् । नेपालको भूमि अतिक्रमण गर्नेदेखि सिरियल र फिल्मीमा नेपालको मानमर्दन हुने गरी प्रस्तुत गरिएको भन्दै उनले उक्त कार्यको घर भर्त्सना पनि गरेकी छन् ।

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा नेपाली ..भन्दै निकै तल्लो स्तरको शब्द प्रयोग गरिपछि नेपाली नायिका थापाले कडा आपत्ति जनाएकी हुन्।

‘पातल’ लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्ति जनक छ’, आइतबार फेसबुकमा लेखेकी छन्, ‘कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन ।’

फेसबुकमा उनले लेखेकी छन् :
एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर-घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.