नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

काठमाडौं । अनाैपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएकाे दिनदेखि नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले साेही पार्टीका शीर्ष नेताहरूसँग गाेप्य भेटवार्ता सुरू गरेकी छन्।

नेकपाका उच्चस्तीय नेताहरुसँग गोप्य भेटघाट शुरु गरेर मिल्न सुझाव दिइरहेकी छन्। उच्च सुरक्षा स्रोतका अनुसार बुधबार दिउँसो गृहमन्त्री रामबहादुर थापासँग गोप्य भेटघाट गरेकी यान्छीले विहिबार नेकपाका अर्का नेता वामदेव गौतमसँग नक्सालस्थित एक रेष्टुरेण्टमा भेटघाट गरेकी थिइन् ।

उनले दुवै जनासँग भेटघाटकाे क्रममा सकेसम्म विवाद मिलाउन दबाब दिएकी थिइन्। बुधबार मात्रै यान्छीले केपी ओली समूहका अन्य नेताहरुलाई भेटघाट गरेकी थिइन ।

उनले नेताहरुको व्यवस्थापनमा समस्या रहेकाले त्यसलाई जसरी टुंग्याएर अघि बढ्न चिनियाँ नेताहरुको सुझाव रहेको बताएकी थिइन ।

राजदूत यान्छीले गृहमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रभावशाली नेता थापासहितको एउटा समूहलाई भेटेर सो धारणा प्रकट गरेकी थिइन ।

त्यस्तै दाहाल नेपाल निकट समूहका युवा नेताहरुसँग पनि उनले भेटघाट गरी पार्टीका शीर्ष नेताहरुलाई व्यवस्थापन गरेर अघि बढ्न सुझाव दिएको स्रोतको दावी छ । गौतमसँग पनि यान्छीले सोही धारणा राखेकी थिइन । स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको चाहना नेपालका कम्युनिष्ट पार्टी विभाजन नहोस भन्ने रहेको छ । नेपालका शीर्ष नेताहरुको उचित व्यवस्थापन गरेर समस्या सुल्झाउन सकिन्छ भन्ने चिनियाँ कम्युनिष्ट पार्टीको सुझाव रहेको समेत उनले बताएकी थिइन ।

गौतमले नेकपामा नेताहरुको व्यवस्थापनमा समस्या रहेको स्वीकार गरेका थिए । उनले अब पार्टी एकता गराउन आफ्नो पहल कायमै रहेकाले नेताहरुको व्यवस्थापनको विषयमा आफूले थप पहल गर्ने बताएका थिए । ‘उहाँले नेताहरुको व्यवस्थापनमा एउटा विधि बनाएर टुंगो लगाउने बताउनु भएको छ आफू सधै एकताको पक्षमा रहेको बताउनु भयो’, गौतम निकट स्रोतले भन्यो ।

नेकपा विभाजनको कानुनी प्रक्रियामा गएपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेता कूओ यचौको टोली चार दिने अध्ययन भ्रमण गरेर फर्केको थियो । सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटा, नेकपाका नेता वामदेव गौतम तथा नेकपाका युवाहरु नेतालाई भेटघाट गरेर फर्केको थियो । सो टोलीले सकेसम्म नेकपा विभाजन नहोस भन्ने चिनियाँ कम्युनिष्ट पार्टीको चाहना रहेको भन्दै नेताहरुलाई मिल्न सुझाव दिएको थियो । सो टोलीले सकेसम्म मिलेर जान र नभएपनि चुनावमा सहकार्य गर्न सुझाव दिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.