प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ प्रतिनिधि सभा विघटनबिरुद्ध प्रदर्शन गर्ने भएकाे छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बुढानिलकण्ठ जाने छन । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् भने प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुने भएका छन् ।

यसैगरी क्षेत्र नम्बर ४ को दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले कपन, ह्याण्डबल मैदानमा सम्बोधन गर्ने छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बोधन गर्ने छन । उनी त्यहाँबाट नुवाकोटमा हुने विरोध सभामा समेत सहभागी हुन जानेछन् ।

यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, सो क्षेत्र सांसद भीमसेनदास प्रधान र कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ सहभागी हुनेछन् । सो क्षेत्रको कार्यक्रम कार्यक्रम प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुनेछ । काठमाडौं ६ को ‘ख’ प्रदेश सभामा नेतृ डा. डिला संग्रौलाले सम्बोधन गर्ने छिन् ।

Facebook Comments