काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधि सभा विघटनकाे विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासहित उल्टो यात्रा तय गरेकाे छ ।
काठमाडौंमा उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध जनाउँदै नेविसंघका नेता कार्यकर्ता माइतीघर मण्डलाबाट बानेश्वरसम्म पुगेका थिए ।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलियासहित हजाराैं कार्यकर्ताकाे सहभागिता थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंघले जनाएकाे छ। प्रधानमन्त्रीले संविधान मिचेर उल्टो बाटो हिडेकाले सच्चिका लागि दबाब स्वरूप उल्टाे हिँडेर विरोध गरिएकाे हाे।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै विभाजन भएकाे छ।
