अस्पतालबाट भागेका अर्का संक्रमित मावलीघरबाट पक्राउ

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइशोलेसन वार्डबाट भागेका दुवै संक्रमित पक्राउ परेका छन्। बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए। अर्का संक्रमित भने बुधबार राति मावलीघरबाट पक्राउ परेका हुन्।

अस्पतालको आइसोलेसन वार्डबाट भागेका वीरगन्ज १६ इनर्वाका संक्रमित जाबेद मिया, पर्साको धोबीनी गाँउपालिका ३ हरिहरपुरस्थित मावलीघरबाट बुधबार राति पक्राउ परेका हुन्।
अस्पतालबाट भागेर हरिहरपुरस्थित मावली घरमा मिया पुगेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। मियालाइ मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

मियाका आफन्तका अनुसार , वीरगन्जको अस्पतालबाट हाम फालेर भागेका मिया सुरुमा इनर्वास्थित आफनै घरमा पुगेका थिए। तर परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि घरमा प्रहरी पुग्नु अगावै उनी मोबाइल छाडेर घरबाट भागेका थिए। त्यसपछि मिया , वीरगन्जमा दुध बेच्न मावली गाँउ हरिहरपुरबाट आएका एक जना व्यक्तिको साइकलमा चढेर बुधबार बेलुकी मावलीघरमा पुगेका थिए।
मियाँलाइ साइकलमा चढाएर हरिहरपुर पुर्‍याउने ती व्याक्तिलाई पनि बुधबार रातिदेखि नै धोबीनी ४ लंगडीको क्वारेन्टाइनमा राखिएको छ। यस्तै मियाको मावलीघरका चार जना बालबालिकालाई पनि बिहीबार बिहान क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालबाट बुधबार अपरान्ह मियाँसंगै भागेका अर्का संक्रमित पर्साको विन्दवासीनी गाँउपालिकाको बहुअर्वाभाठाका राजनाथ यादवलाइ भने प्रहरीले बुधबार नै साँझ नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.