बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा देशकै सिंगो प्रणाली परिचालित

काठमाडौं। बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ?

उच्च र सर्वोच्चमा समेत पुगेको यति गम्भीर मुद्दामा जिल्ला अदालतका न्यायाधीश एक्लैले यति ठूलो जोखिम लिन सक्छन् ? न्यायिक प्रक्रियामा उठेका प्रश्नहरू भन्छन्, ‘सिद्धबाबालाई उन्मुक्ति दिने यो प्रक्रियामा जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला एक्ला छैनन्, देशको सिंगो प्रणाली परिचालित भएको छ ।’

समाचारमा भनिएको छ–महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा मिसिल पुग्न एक दिन लाग्छ, तर १० दिनसम्म किन पुगेन रु उच्च अदालत विराटनगर र जिल्ला अदालत सुनसरीको दुरी २९ किलोमिटरमात्रै छ, तर उच्चको आदेश जिल्ला पुग्न पाँच दिन किन लाग्यो ?’नयाँ पत्रिकामा खबर छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.