नवलपरासी । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीमा सञ्चालित १७ वटा वालुवा प्रशोधन केन्द्र सिल गरेकाे छ। पूर्वी नवलपरासीमा दर्ता बिना नै सञ्चालनमा रहेका वालुवा प्रशोधन केन्द्र सिल गरिएकाे प्रशासनले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले बिहीबार त्रिवेणी गाउँपालिकामा रहेका बालुवा प्रशोधन केन्द्र सिल गरेको हो । गाउँपालिकामा सबैभन्दा धेरै क्रसर र बालुवा प्रशोधन केन्द्र छन् ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले ती उद्योग कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग र गाउँपालिका कार्यालय कतै पनि दर्ता नरहेको जानकारी दिइन् ।
खोला र पुलबाट ५ सय मिटरसम्म क्रसर सञ्चालन गर्न नपाइने भए पनि जिल्लाका दुई दर्जनभन्दा बढी क्रसर उद्योग खोला किनारमै छन् ।











Facebook Comments