‘धेरै माया नदेऊ मलाई’ मा अन्जु पन्तकी छाेरी परितोषिकाकाे अभिनय

काठमाडौं । गायिका अन्जु पन्तकाे नयाँ गीत सार्वजनिक भएकाे छ । ‘धेरै माया नदेऊ मलाई’ बाेलकाे गीतको म्युजिक भिडियो परितोषिका पन्त र कुन्साङ बोम्जनकाे अभिनय रहेकाे छ।

परितोषिका अन्जुकी छोरी हुन् । परितोषिकाले यही गीतबाट अभिनयमा डेब्यु गरेकी छन् । गायिका पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । गायिका पन्तले पनि पहिलो पटक संगीत भरेकाले उनकाे पनि संगीतमा डेब्यु रहेकाे छ ।

१० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको भएपनि यो गीत निकै मनपरेको कारणले यसैबाट डेब्यु गरेको परितोषिकाले बताइन् ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत नै बाहिर आएको हो ।

Facebook Comments