पाल्पा । होम आइसोलेसनमा बसेका पाल्पाका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
पाल्पाकाे पूर्वखोला गाउँपालिका-६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । पुरुषमा निमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Facebook Comments