आइतबार कुन जिल्लामा कति संक्रमित थपिए?

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा २० र सोलुखुम्बुमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३ र सिरहामा ५ जनामा कोरोना संकर्मण पुष्टि भएको छ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ७४, सिन्धुलीमा १९ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८७, गोरखामा १२, तनहुँमा १३, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा ५, लमजुङमा १०, बागलुङमा १० र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा २५, नलवपरासीमा २, पाल्पामा १३, बर्दियामा २१, बाँकेमा २९, रुकुम पूर्वमा २, रोल्पामा ३ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा १ र सल्यानमा १ जनामा कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३४, कञ्चनपुरमा १, कैलालीमा ५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा १, बझाङमा ११ र बैतडीमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.