अवैध रक्तचन्दन र पुरातात्विक मुद्रासहित ६ जना पक्राउ

काठमाडाैं । प्रहरीले अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रासहित ६ जनालाई पक्राउ परेकाे छ।

पक्राउ पर्नेमा सिन्धुली हरिहर गडी गाउँपालिका-८ का २८ वर्षीय राज कुमार भनिने हरी बहादुर मोक्तान, नुवाकोट लिखु गाउँपालिका-२ थाङचिङ का ३१ वर्षीय प्रेम कुमार डंगोल, सिन्धुली पिपलमाडे गाउँपालिका-३ खुर्सानीबारी का ५० वर्षीय टिकाराम तामाङ, झापा मेचीनगर नगरपालिका-५ धुलाबारिका २४ वर्षीय सोबित आचार्य, धादिङ निलकण्ठ नगरपालिका-१० का २१ वर्षीय शंकर ढाउन्याँ र धादिङ गजुरीका २७ वर्षीय सुमन बस्नेत रहेका प्रहरीले जनाएकाे छ।

बन पैदावार तथा पुरातात्विक सामग्रीहरुसमेतको अवैध काराेवार तथा ओसारपसार भईरहेको सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बाफलबाट पक्राउ गरेकाे हाे ।

प्रहरीले उनीहरूकाे साथबाट रक्तचन्दन जस्तो देखिने ३ केजी ६३ ग्राम काठको टुक्रा २ थान र पुरातात्विक/प्राचिन जस्तो देखिने १३१८ मोरू १ लेखिएको त्रीकोण आकारको पुरानो नेपाली मुद्रा १ थान बरामद गरेकाे छ ।

पक्राउ परेकामध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, राज कुमार भन्ने हरी वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागी डिभिजन वन कार्यालय गोदावरी पठाईएको छ । साथै शंकर ढाउन्याँ तथा सुमन वस्नेत समेतले पुरातात्विक वस्तुको वेचविखन तथा संग्रह गरेको देखिंदा निजहरूलाई प्राचिन स्मारक ऐन बमोजिम यस महानगरीय प्रहरी परिसर ललितपुरवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.