मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका-२२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका प्रहरीले जनाएकाे छ।

उनीहरुले भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प. ७६७७ नम्बरको मोटरसाइकल शनिबार मध्यराति चोरी गरेका थिए ।

मोटरसाइकल चोरी भएको सूचना पाएलगत्तै प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । जाँचकाे क्रममा आइतबार बिहान ९:३० बजे कौशलटारबाट चोरी भएको उक्त मोटरसाइकल र सलिन तामाङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

सिन्धुपाल्चोकका सागर तामाङले मोटरसाइकल चोरी भएको उजुरी दिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.