भोलि सगरमाथाको उचाइ घोषणा हुने

काठमाडौं । सरकारले भोलि सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

सोमबार एक समारोहका बीच औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।

त्यसका लागि नापी विभाग परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

२०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् १९५४ मा सर्वे अफ इण्डियाले मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर अहिलेसम्म कायम छ ।

Facebook Comments