जनार्दन शर्मा भन्छन् – गणतन्त्र विरोधी गर्नेप्रति सरकार लचिलाे देखियाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले केपी शर्मा ओलीकाे सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् ।

आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए ।

‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले प्रस्तावमा भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.