साेमबार देशभर थपिए २९ सय ३३ कोरोना संक्रमित ३१ सय ५० डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९८४ पुगेको छ।

हिजो आईतबार २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments