काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

Facebook Comments