काभ्रेका सीडीओलाई कोरोना पुष्टि

काठमाडौं । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काेराेना संक्रमण पुष्टि भएलगतै उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिइन् ।

अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको उनकाे भनाइ छ ।

Facebook Comments