उपत्यकामा थपिए १६ सय २२ काेराेना संक्रमित

काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

 

Facebook Comments