आइतबार थपिए २८ सय २४ काेराेना संक्रमित, ३ हजार ६२० जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २ हजार ८२४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ६२० जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ।

Facebook Comments