१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका जिल्लाकाे संख्या १३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ९ सय ३५, मोरङमा २ हजार ८ सय २२, सुनसरीमा १ हजार ९ सय ५७ जना सक्रिय संक्रमित रह्रका छन् ।

यता काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। यस्तै भक्तपुरमा १ हजार १ सय ५१ संक्रमित छन्।त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ।

यस्तै काभ्रेपलाञ्चोकमा ५ सय ३६, चितवनमा उपचाररत १ हजार ३ सय ६१, मकवानपुरमा ७ सय ७६, कास्कीमा ९ सय ६१, पूर्वी नवलपरासीमा ५ सय २५, दाङमा ६ सय ५६ र रुपन्देहीमा १ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।

Facebook Comments