संघीय सरकारका ३ मन्त्रीसहित २४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं । संघीय सरकारका ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण भएकाे छ।

गत साउन १६ गते यता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

सबैभन्दा पहिले साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् ।

तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् । संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन ।

६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

Facebook Comments