लागूऔषधसहित पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका प्रहरीले जनाएकाे छ।

प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित यादवलाई नियन्त्रणमा लिएको हो ।

साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

Facebook Comments