कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ।

पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो।

कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’ र ‘भकुन्डे भुत’ लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन्।

उनका एक छाेरा  र एक छाेरी छन्। त्यस्तै लामाे समयदेखि अलग बस्दै आएका उनका श्रीमान् बद्री दाहालकाे पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएकाे उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे बोस्टनबाट पत्रकार कृष्णराज खनालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.