११ गतेसम्म नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेलीबाट पाँच दिन काेराेना अपडेट नगर्ने भएकाे छ ।

बडादशैँका कारण कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड-१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए ।

मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड-१९ काबारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

अहिलेसम्म नेपालमा १ लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै १ लाख २ हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments