नेपालमा काेराेनाकाे कहर: सञ्चारकर्मी पनि उच्च जोखिममा

काठमाडाैँ। पछिल्लाे केही दिनयता नेपालमा पनि काेराेना भाइरसका सक्रमित धमाधाम भेटिन थालेका छन्। साेही क्रममा कोरोनासम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरुसमेत उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन्

जिल्लाका संक्रमित स्थानीय तहमा कार्यरत सञ्चारकर्मीहरु विना सुरक्षा उपकरण क्वारेन्टाइनमा छिर्ने, अन्र्तवार्ता लिने, भिडियोहरु बनाउने र सीमामा रहेकाहरु बिच गएर समाचार संकलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेको बताइएको छ ।

पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसालले विनासुरक्षा रिर्पोटिङ्गमा हिँड्ने सञ्चारकर्मीको संख्या बढी भएको र उनीहरु उच्च जोखिममा रहेको जानकारी दिए । ‘हामीले सावधानी अपनाउन भनेका छौं, आवश्यक स्रोत साधन छैन, सम्बन्धित मिडियाले उप्लब्ध गराउँदैन, समस्या छ,’ उनले भने ।

संक्रमित क्षेत्रका पत्रकारहरुको पनि स्वाब परीक्षणका लागि आवश्यक पहल गरेको र अहिले सेल्फ क्वारेन्टाइन बस्न आग्रह गरेको अध्यक्ष भुसालले बताए । उता वीरगञ्जमा मंगलबार ५७ जनामा कोरोना संक्रमण देखिएकोमा चार जना पत्रकारसमेत परेका छन् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.