काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे छ ।

काठमाडौंमा संक्रमितको संख्या दैनिक रूपमा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

साथै सरकारले सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थप्ने निर्णय गरेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको जानकारी दिए।

काठमाडौं उपत्यकामा संक्रमण उच्च गतिमा बढेसँगै आइसोलेसन बेडको समेत अभाव हुन थालेको छ। मन्त्रालयले पनि अहिलेकै हिसाबमा संक्रमित संख्या बढिरहे काठमाडौं उपत्यकाको अस्पतालले उपचार गर्न नसक्ने बताउँदै आएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.