गाईको ७ किलो मासुसहित तीन जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गाईको ७ किलो मासुसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

बाँकेको खजुरा गाउँपालिकाको रनियापुरबाट सात किलो मासु, हड्डी र छालासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय शब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशीक खाँलाई गाईको मासुसहित पक्राउ गरेको हो ।

सब्बीर खाँको घरदेखि अन्दाजी दुई किलोमिटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक वसन्त आचार्यको नेतृत्वमा गएको टोलीले उनीहरूलाइ नियन्त्रणमा लिएकाे हाे ।

शब्बीर खाँको घरबाट तीनै जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.