आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगामा १, झापामा १, मोरङमा ३ र संखुवासभामा १ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा ११, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा २८, सर्लाहीमा ३ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४, चितवनमा ३, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा २५, भक्तपुरमा १ सय १०, मकवानपुरमा ५, रामेछापमा ४, ललितपुरमा १ सय ६१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा २०, तनहुँमा १, नवलपरासी पूर्वमा ३, पर्वतमा १, लमजुङमा ९, बाग्लुङमा ३६ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३४, कपिलवस्तुमा १०, गुल्मीमा ४, दाङमा ३२, नलवपरासीमा १३, पाल्पामा २, प्युठानमा ३, बर्दियामा १ सय ४, बाँकेमा २०, रुकुम पूर्वमा २, रोल्पामा १ र रुपन्देहीमा ९८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १, डोल्पामा ३, दैलेखमा ९, रुकुम पश्चिममा ९, सल्यानमा २ र सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १७, कैलालीमा ३६, डोटीमा १०, दार्चुलामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments