शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

संघीय सरकारका मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काले दिएकाे जानकारी अनुसार उनलाई आज कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

उनका अनुसार पोखरेललाई शनिबार ज्वरो आएपछि अस्पतालमा भर्ना भएका थिए । त्यसपछि स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ । साथै निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ । आइतबार मात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।

Facebook Comments