इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं । यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्, तर बफरिङले हैरान भएका धेरैजसो मानिसहरुमा युट्यूब भिडियो डाउनलोड गरेर हेर्ने आदत बसेको छ ।

तर यूट्यूवले केही समयदेखि दिएको भिडियो डाउनलोड गर्ने अप्सनले यूट्यूवमै भिडियोहरू अफलाइन हेर्न सकिने भएको छ । कुनै पनि भिडियो अफलाइन डाउनलोड गर्न, सबैभन्दा पहिले प्रयोगकर्ताले भिडियोको तल भएको डाउनलोड अप्सनमा क्लिक गर्नुपर्छ ।

भिडियोको तल भागमा डाउनलोड लेखिएको स्थानमा क्लिक गरेपछि, तपाईंको नोटिफिकेसन बारमा भिडियो डाउनलोड गर्नको लागी एक सूचना देख्नुहुनेछ। जहाँ तपाईंले कति भिडियो डाउनलोड गरिएको छ भनेर सजिलैसँग हेर्न सक्नुहुन्छ।

डाउनलोड भएको भिडियोबारे थाहा पाउनुपर्ने कुरा

डाउनलोड गरेको भिडियो स्मार्टफोनको स्टोरेजमा नै बस्नेछ र त्यो यूट्यूब लाइब्रेरीमा देखिन्छ । तर डाउनलोड गर्नका लागि भने तपाईँको स्मार्टफोनमा इन्टरनेट कनेक्सन भएको हुनुपर्दछ । त्यस्तै स्मार्टफोनमा डाउनलोड भएको भिडियो अट्नसक्ने स्टोरेज पनि हुनुपर्नेछ ।

उक्त भिडियो हेर्न यदि तपाईंसँग इन्टरनेट कनेक्सन छैन वा तपाईं अफलाईन हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईँले पहिले नै डाउनलोड गरिएको भिडियोहरु सजिलैसँग हेर्न सक्नुहुनेछ ।यस्तो बेलामा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन् ।

यूट्यूबमा भएको लाइब्रेरी सेक्सनमा क्लिक गरेपछि, तपाईँले पहिले नै डाउनलोड गरेर सुरक्षित गरिएका भिडियोहरूको सबै सूची देख्नुहुन्छ। जहाँबाट यी भिडियोहरू सजिलै तपाईँ अफलाइन भएको समयमा पनि हेर्न सक्नुहुनेछ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.