पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्शन

काठमाडाैँ । टोक्यो र पेरिसमा चीनविरुद्ध विशाल प्रदर्शनहरू भएकाे छ । चीनले गरेको दमन र मानवअधिकार उल्लंघनकाे बिरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङकङ र ताइवानका करिब ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर १ का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शनहरू गरेका छन्।

हङकङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूको विरुद्ध नारावाजी गरिएको थियो ।

प्रदर्सनहरूमा स्थानीयका साथै अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका थिए ।

चिनले पछिल्लाे समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक हस्तक्षेप बढाउदै लगेका ती समुदायहरूले आरोप लगाएका छन् । चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्न खाले दमन गरिरहेको समाचारहरू निरन्तर बाहिर आएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.