चीनद्वारा अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपाली व्यवसायी समस्यामा

काठमाडाैँ । कोरोना महामारीले विश्वका अधिकांस देशको आर्थिक प्रणाली धरासयी बनेको छ । साेही क्रममा काराेनाले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती थपिएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक आर्थिक नाकाबन्दीले नेपालमा थप समस्या उत्पन्न भएकाे छ। चीनसँगको अतोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ । चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएपछि नेपालमा थप समस्या उत्पन्न भएकाे हाे।

चीनकाे नाकाबन्दीले व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको छ । चाडबाडको समय नजिकिँदा अनौपचारिक नाकाबन्दीले नेपाल र नेपालीलाई निकै कठिन बनाउने भएको छ । चीनको यो कदम नेपाल र चीनबीचको सम्बन्धका लागि राम्रो होइन । यसबाट चीन आफ्नो मात्र स्वार्थ र लाभमा केन्द्रित रहेको देखिन्छ । चीन जस्तो देशले महामारीको बेलामा नेपाल जस्तो छिमेकी मुलुकलाई सहयोगी भावना देखाउनुपर्ने हो । तर, ऊ आफ्नै लाभमा मात्र केन्द्रित देखिदैछ ।

विगत केही महिनादेखि नेपालबाट चीन कुनै सामाग्री निर्यात हुन सकेको छैन् । प्रत्येक दिन सय वटा ट्रक चीन जान तयार रहेपनि एक दूई वटा ट्रक मात्र चीन भित्रिने गर्दछ । ट्रक चालकहरुको पिसिआर परिक्षणको नतिजा देखाएपनि नाका भन्दा भित्र प्रवेश गर्न बन्देज गरिएको छ । यसले नेपालको सार्वभौमिकतामाथि नै आँच पुर्याएको देखिन्छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलका अनुसार खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी छन् । ‘तीमध्ये सबैभन्दा बढी १२–१३ सय कन्टेनर सामान केरुङमा मात्र छ । हामीले छिट्टो पहलकदमी लिइ दिनु प¥यो भनेर बारम्बार परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिरहेका छौं । चीनस्थित नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेलाई पनि भनेका छौं । वाणिज्य मन्त्रालयसँग पनि आग्रह गरेका छौं’, पौडेल भन्छन्, ‘उहाँहरु हामीले कुटनीतिक पहल र कुराकानी गरिहेका छौं । चाँडै मिल्छ भन्नुहुन्छ । सायद एक साताभित्रमा मिल्ला कि ?’ अर्का एक व्यवसायीका अनुसार परराष्ट्र मन्त्रालयले बलियो पहलकदमी लिइ दिएको भए यति लामो नाकाबन्दी हुने थिएन ।

यसैबीच भारतसँग जोडिएको दक्षिण नाकाको आवत जावतमा भने कडाई देखिएको छैन् । नेपालीहरु सीमापार व्यापारमा विना अवरोध पहुँच बनाउँदै आएका छन् । दुवै देशबीच महामारीको संक्रमण झन् चुनौती बनेको देखिन्छ । त्यसपश्चात पनि भारतले नाका खोली आफ्नो मित्रवत सम्बन्धलाई कायम राखेको छ । नेपाल र भारतबीच जारी नयाँ नक्सा विवादमा समेत आफ्नो नाका खोली खुलस्त रुपमा आवत जावतमा प्रवेश गर्न दिएकोमा मित्रवत सम्बन्ध कायम राखेको छ । नेपाललाई भारतले कान्डला पोर्टलाई प्रयोग गर्न अुनमति समेत दिएको छ ।

चीनको ‘अनौपचारिक नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ । भारतसितको व्यापार सम्बन्ध कायम रहेतापनि नेपालले चीनलाई ३० प्रतिशत सामाग्री निर्यात गर्ने सम्झौता भएको थियो । तर, नेपाल र भारतको व्यापार सन्धी अन्र्तगत नेपाली उत्पादन सामाग्री आयातमा सुन्य शुल्कमा आवत जावत भइरहेको छ । त्यसकारण नेपालले आफ्नो सानो र मध्यम व्यापार निर्यातलाई कायम गर्न सफल भएको छ । जस्तै कृषी, हर्बल मेडिसिन, सिन्थेटिक सामाग्री रहेको छ । तर, चीनलाई निर्यात गर्ने नेपाली सामाग्रीहरु समेतमा चीनले सुन्य शुल्क लिने बताएको छ । तर, उक्त सम्झौता कागजमै सिमित रहेको देखिन्छ । चीनसंगको ट्रान्जिटको विषय विगतमा वास्तविक रुपमा निकै फरक पाइएको छ ।

Facebook Comments