चिनियाँ दूतावास घेर्न गएका ३४ युवा पक्राउ

काठमाडौं । चिनियाँ दूतावास घेराउन गर्न गएका ३४ जना युवालाई प्रहरीले पक्रेको छ । सिजर भट्टको नेतृत्वमा युवाहरुले बालुवाटार स्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

हुम्लाको लिमिभ्यालीमा चीनले सिमाना मिचेको विरुद्धमा प्रदर्शन गर्दा आफूसहित ३४ जना भन्दा बढीलाई प्रहरीले पक्रेको भट्टले बताए ।

प्रदर्शनमा सहभागी धेरैजसो नेविसंघमा आवद्ध युवाहरु छन् । ‘स्वतन्त्र नेपाली’को व्यानरमा प्रदर्शन गरेका उनीहरुले चीनको केरुङ नाका तत्काल सुचार गर्न पनि माग गरेका छन् ।

लिमिभ्यालीमा चिनले नेपालतर्फ भवन बनाएको आरोप लगाउँदै उनीहरुले सो भूमि फिर्ता गर्न माग गरेका छन् ।

Facebook Comments