भारतीय प्रधानमन्त्रीले बनाए भारतलाई विदेशी लगानीमैत्री

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई विदेशी लगानीकर्ताको केन्द्रका रुपमा स्थापीत गरेका छन् । यसअघि लेबर सम्बन्धी कानुनका कारण विदेशी लगानी वातावरणमा केही समस्या रहेको थियो ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेबर सम्बन्धी कानुन संशोधन गरेसँगै अब भारत विदेशी लगानीकर्ताहरुका लागि एक नयाँ सुनौलो गन्त्ब्यका रुपमा स्थापीत भएको छ ।

भारतमा अब ज्याला सम्बन्धी कानुनको युग फेरिएको छ र सहजै विदेशी कम्पनीहरूले लगानी गरेर उद्योग धन्दा चलाउन सक्नेछन् ।

सन् १९९१ देखि आर्थिक समृद्धि एवं विदेशी लगानी भित्र्याउन खोजेको भारतलाई लेबर अर्थात श्रमीक कानुनले केही बाधा दिँदै आएको थियो ।

श्रम सम्बन्धी ४४ कानुन रहेको अवस्थामा ती कानुनलाई ५ प्रधानमन्त्रीले परिवर्तन एवं संशोधन गर्न सकेका थिएनन् । अन्तत मोदी सरकारले उक्त कानुनको संशोधन गर्दै ४४ नियमलाई कोड गर्दै ४ मा झारेको छ । योसँगै अब, भारतमा लगानीका लागि कुनै किसिमको पनि प्रश्न उठ्ने किसिमको हटेको छ ।

मुख्य कुरा यसअघि विभिन्न किसिममा गरेर ५ सय ४२ किसिमको ज्याला सम्बन्धी कानुन थियो । अहिले उक्त कानुन जम्मा १२ किसिमममा झरेको छ ।

यसोहुँदा हरेक औद्योगिक क्षेत्रमा श्रमिकलाई दिइने ज्यालामा कुनै दुईमत हुन पाउँने छैन् । यसबाहेक भारतीय प्रधानमन्त्री मोदीले विभिन्न सहजताका योजानाहरु अघि सारेका छन् ।जसले विदेशी लगानीलाई प्रोत्साहित गर्छ

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.