नापी विभागबाट सीमा स्तम्भ बारे सूचना माग

काठमाडाैँ । नापी विभागबाट सूचना माग गरिएकाे छ। राष्ट्रिय एकता अभियानका संयाेजक विनय यादवले सिमानाकाे विषय उल्लेख गरेर सूचना माग गरेका हुन्। उनले उक्त सूचना अध्ययन प्रयाेजनाका लागि माग गरेका हुन्।

यादवले नापी विभागमा दर्ता गराएकाे निवेदनमा नेपाल-चीन स्थित २ देशकाे सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ काे जीपीएस काेर्डिनेट कति हाे?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूकाे जीपीएस काेर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएकाे हाे? र नेपाल-चीन सीमा स्तम्भहरूकाे पछिल्लाे सुपरीवेक्षण कुन मितिमा भएकाे थियाे भन्ने जानकारीकाे साथै प्रतिवेदन माग गरिएकाे छ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूकाे सुपरीवेक्षणअनुसार कुन कुन सीमा स्तम्भ भेटिएकाे भन्ने जानकारी माग गरिएकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.