नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउने संख्या ४८१ पुग्यो

काठमाडौं । नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ।

४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.