५५ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

चितवन । चितवनमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका–७ का मिर्गौला पीडीत पुरूषमा असोज ४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनकाे आज दसउँसाे मृत्यु भएकाे हाे ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

Facebook Comments