ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मेयर महर्जन बिहीबार पीसीआर परीक्षण गराएका थिए ।

उनकाे शुक्रबार आएको रिपोर्ट पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रवक्ता महर्जनका अनुसार मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

Facebook Comments