बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित मृत्यु

बुटवल । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए ।

संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान मात्रै उनी अस्पतालमा भर्ना भएका थिए ।

Facebook Comments