१४ वर्षीया किशोरीमाथि बलात्कार

काठमाडौं । उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

जिल्लाकाे त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरीमाथी बलात्कार भएको हाे । बलात्कार आरोपमा प्रहरीले त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments