१९ जुवाडे २ लाख ४४ हजारसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जुवाखालबाट २ लाख ४४ हजार १ सय रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई २ लाख ४४ हजार १ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय तेजबहादुर ऐरको घरमा जुवा खेल्ने २८ वर्षीय एकिन्द्र सुनारसहितका १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट १३ वटा तासको गड्डी बरामद गरिएको छ ।

उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

Facebook Comments