चीनबिरुद्ध पनि काठमाडौंमा प्रदर्शन

काठमाडाैँ । चिनियाँ हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएकाे छ । नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

चीनले सर्वाेच्च शिखर सगरमाथा आफ्नो भूभागमा पर्छ भनेर समाचार प्रकाशित गरेको थियो । जुलुसका क्रममा नेविसंघले चीनको समेत विरोध गरेको थियो । लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.