उपत्यकामा ४९२ सहित उपत्यकामा थपिए ६ सय ३७ कोरोना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।

मन्त्रालयले २४ घण्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

Facebook Comments