काेराेनाबाट काठमाडाैंका २ सहित ७ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेका मध्ये एक महिलासहित ३ जना काठमाडाैं उपत्यकाका छन् ।

यस्तै नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

Facebook Comments