थप १ हजार १७२ जनामा काेराेना संक्रमण, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ८९३ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

Facebook Comments