बम विष्फोट गराएर फरार भएका ३६ वर्षीय पुरूष पक्राउ

काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनी केही दिनअघि नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने खबर पाएपछि पक्राउ गरिएको हो। २०७६ सालमा प्रमोद गोढको समूहमा संलग्न भइ वडा नम्बर ४ मा रहेको एक इँट्टा उद्योगका सञ्चालकसँग समूहले १५ लाख फिरौती माग गरेको थियो।

सञ्चालकले फिरौती दिन नमानेपछि गोढको समूहले कात्तिक ४ गते उद्योगमा बम बिस्फोट गराएको थियो। साथै घर परिवारलाई समेत खतरा हुने भन्दै मंसिर २५ गते समूहले फेरि तीन लाख फिरौती मागेको थियो। एसएमएस गरी मागेपछि ती सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

गोढ समूहले सञ्चालकलाई वडा नम्बर ४ स्थित चैनपुरमा आउन भनेर बोलाएका बेला प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, २० वर्षीय अच्छेलाल गोसाई र ३९ वर्षीय दिपेन्द्र कुमार धानुक छन्। उनीहरूमाथि आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो।

अनुसन्धानपछि बारा जिल्ला अदालतले उनीहरूलाई २०७६ माघ २७ गते पुर्पक्षको लागि कारागार कार्यालय वीरगन्ज चलान गरेको थियो। तर कपिलदेव भने फरार रहँदै आएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.