पहिरोेमा परेर एक जनाको मृत्यु

काठमाडौं । हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिरोले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए। मृतक चालकको सनाखत भएको छैन।

प्रवक्ता रानाका अनुसार सोही पहिरोमा परी दुई जना घाइते भएका छन्। घाइते हुनेको नाम खुलेको छैन। उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुर्‍याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप विवरण आउँन बाँकी छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.